4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

केसी बेसबल खेलाडीमा छनोट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले प्रशिक्षणका लागि छनोट गरेको छ ।

एकेडेमीले भक्तपुर बेसबल एण्ड सफ्टबल क्लब राईजिङ्ग स्टार्समा आवद्ध २० वर्षिय केसीलाई तीन महिने प्रशिक्षणका लागि छनोट गरेको हो ।

एकेडेमीले एसिया, अफ्रिका, युरोप र दक्षिण अमेरिकाबाट १० जना खेलाडी छनोट गरेकामा केसी १० जनाभित्र परेका हुन् । नेपालबाट केसीलाई छनोट गरिएको निर्णयलाई जापानको नेष्नल बेसबल टिमले आफ्नो वेभसाइटमा प्राथमिकतासाथ स्थान दिएको छ ।

केसी प्रशिक्षणका लागि जुन महिनाको अन्तिममा जापान जाने भक्तपुर बेसबल एण्ड सफ्टबल क्लब राईजिङ्ग स्टार्सका अध्यक्ष रोशन थापाले जानकारी दिए । प्रशिक्षणपछि लिइने परीक्षामा उत्तीर्ण भऐ केसी अमेरिका र क्यानाडामा हुने इन्डिपेन्डेन्ट लिगमा सहभागी हुन पाउने छन् ।

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     10:31:38 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *