
‘राजनीतिक सिद्धान्त र दर्शनमा भिन्नता नभएपछि वेग्लै पार्टी रहीरहनु आवस्यक थिएन । एमाले र माओवादीका खासै भिन्नता थिएन’ वरिष्ठ वामपन्थी नेता सिंहले लोकान्तरसंग भने, ‘सिद्धान्तमा फरक नभएपनि उनीहरु पहिलै मिलेको भए फरक पर्दैनथ्यो । दुइपार्टी मिल्ने कुरालाई हामीले खासै महत्व दिएका छैनौ ।’ सिद्धान्त मिल्ने दुइ कम्युनिष्ट पार्टी मिल्नुलाई अवसरवादी गठबन्धन भन्न नमिल्ने उनले बताए ।
आफूहरुपनि वामपन्थी एकताको पक्षमा रहेपनि एमालेसंग धेरै बिषयमा सैद्धान्तिक मतभेद रहेको उनले बताए । ‘राष्ट्रियताको बिषयमा एमालेले लिएको अडानको हामीले प्रसंशा गछौं, तर संघीयता लगतयत राजनीतिक बिषयमा फरक मत छन्’ महामन्त्री सिंहले भने, ‘मोहन बैद्यजीहरुसंग सहमति र सहकार्य हुनसक्छ, उहाँहरुसंगपनि जातीयता र संघीयताको बिषयमा हाम्रो फरक मत छ ।’ आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधरहरुसंग चुनावी तालमेल गर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्