एजेन्सी, १७ असोज – बंगलादेश विरुद्धको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ ।

४ सय २४ रनको लक्ष्य पछ्याएको बंगलादेश दोस्रो पालीमा ९० रनमा सिमित भएपछि दक्षिण अफ्रिका ३ सय ३३ रनले विजयी भएको हो ।

दक्षिण अफ्रिकाले पहिलो पालीमा ४ सय ९६ र दोस्रो पालिमा २ सय ४७ रन बनाएको थियो । बंगलादेशले भने पहिलो पालीमा ३ सय २० रन मात्र बनाएको थियो ।