19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

देशभरका अस्पतालमा ओपीडी सेवा नियमित संचालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४  

काठमाडौं, असोज १७ / नेपाल चिकित्सक संघको साता दिन लामो आन्दोलन र दशैं बिदा पश्चात देशभरका अस्पतालमा आजबाट ओपीडी सेवा नियमित सञ्चालनमा आएको छ ।

लामो समय सेवा बन्द हुँदा अस्पतालहरुमा बिरामीको घुइँचो लागेको छ । ओपीडी सेवा बन्द हुँदा धेरै सास्ती पाएका बिरामी अहिले पनि अस्पतालको सेवाप्रति सन्तुष्ट देखिएनन् ।

गत असोज २ गते बसेको मन्त्रिपरिषदको बैठकले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति चिकित्सकबाटै भराउने गरी कानून बनाउन स्वास्थ मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।

सरकारले नेपाल चिकित्सक संघको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिईएको थियो।

Copy to Imagekhabar

प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४     3:49:27 PM  |