14 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

सल्यानमा छोराले गरे  बाबुको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४  

सल्यान, १७ असोज– सल्यानमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ८ ज्यामिरेका अन्दाजी वर्ष ३० का नन्द यरीले आफ्नै ७७ वर्षीय बाबु कमारो यरीलाई दाउरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानाएको छ ।

सोमबार दिउँसो ३ बजेतिर बाबुले काम नगरेको भन्दै गाली गरेपछि रिसको झोकमा छोराले बाबुलाई टाउकोमा दाउरा प्रहार गरी गम्भिर घाइते बनाएका थिए ।

गम्भिर घाइते बाबुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपी यरीको मानसिक सन्तुलन पनि ठिक नभएको स्थानीयले जनाएका छन् । हत्या आरोपि यरीलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख भरत बहादुर विकले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४     3:32:52 PM  |