बर्दिया, १७ असोज/ बर्दियाको गुलरिया नगरपालिका–११ लालपुर क्षेत्र आसपासमा लगाईएको निषेधाज्ञा २३ घण्टापछि हटाइएको छ ।
आइतबार राती ताजिया विसर्जन गर्ने र मुर्ती विर्सजन गर्ने समूहविच झडप भएपछि स्थिती सामान्य पार्न गुलरिया नगरपालिका–११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
सोमबार विहान देखी जारी गरिएको निषेधाज्ञा मंगलबार बिहान ९ बजेदेखि हटाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । २३ घण्टा देखि लागेको निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ । निषेधाज्ञा हटाइए पनि स्थिति हेरेर फेरी लगाउने वा नलगाउने निर्णय गर्ने प्रशासनले जनाएको छ ।
प्रकाशित मिति : २०७४ असोज १७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्