20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बर्दियाको लालपुरमा निषेधाज्ञा जारी, संयमित रहन जिल्ला प्रशासनको आग्रह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४  

बर्दिया, १६ असोज / जिल्ला प्रशासन कार्यालय बर्दियाले गुलरिया नगरपालिका वडा नम्बर ११को लालपुरको १ किलोमिटर क्षेत्र वरिपरि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । गुलरिया नगरपालिका—११ को लालपुरमा देवीको मुर्ती तथा ताजीया विर्सजनका क्रममा स्थानीय स्थानीयबीच विवाद बढदै गई झडप भएपछि अप्रिय घटना हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
बाँकेको नेपालगञ्ज तथा बर्दियाका पूर्वी क्षेत्रबाट देवीको मुर्ती र ताजीया विर्सजन गर्न आएका दुबै समुहको बाटो एउटै परेपछि बाटो उछिन्ने क्रममा विवाद भई विवाद बढदै गई झडप समेत भएको थियो ।
आइतबार बेलुकाको झडप तितर वितर गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
नेपालगञ्ज गुलरीया सडक खण्डको लालपुर, गणेशपुर तथा शितलाबजार क्षेत्रको ५ सय मिटर क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
दुर्गा पुर्जाको मुर्ति बिसर्जन गर्ने र मोहरमको ताजीया बिर्सजन गर्नेहरु बीच बिवाद बढदै गई सो क्षेत्रमा शान्तिसुरक्षा भंग भई तनावग्रस्तस्थिति उत्पन्न भएपछि प्रशासनले निषेधाज्ञा जारि गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निषेधाज्ञाको अवधिभर लालपुरमा दुई भन्दा बढि ब्यतिm एक ठाउमा भेला हुन,सभासम्मेलन गर्न र बिरोध प्रर्दशन गर्न नपाईने प्रमुख जिल्ला अधिकारी भटराईले बताए ।
निषेधाज्ञापछि सो क्षेत्रको स्थिति सामान्य बन्दै गएको र प्रहरीले सवारी साधनहरुलाई साझ पख स्र्केटिंग गरि यात्रु तथा सवारीहरुलाई गन्तब्य तर्फ पुरयाएकोे छ ।
ताजिया बिर्सजन गर्नेहरु र मूर्ती बिर्सजनहरु बीच बाटो दिने क्रममा विवाद भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुवै पक्षबीच तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यतिले पनि स्थिति सामान्य नभएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

झडपका क्रममा भागदौड तथा कुटाकुट हुँदा स्थानीय ३२ वर्षीया सुन्धारा रैदास, ३ वर्षीया बालिका रीता रैदास, १९ वर्षीय विष्णु राड, ६० वर्षीय गुडाना रैदास, ४२ वर्षीय देवीराम रैदास, ४० वर्षीय जगतपाल राड र ३५ वर्षीय सुखराना राड घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भेरी अंचल अस्पताल, गुलरिया अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

 

प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४     8:06:15 PM  |