5 March 2021  |   शुक्रबार, फाल्गुन २१, २०७७

‘धन होइन, मन हुनुपर्छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४  

               संसारमा धनकारी मानिसहरु प्रशस्तै भेटिन्छन् तर मनकारी मानिसहरु थोरै मात्र भेटिन्छन्, सायद औंलामा गनेर नै गन्न सकिने । तिनै मनकारी व्यक्तिमध्येका एक हुन् बाँके कोहलपुर नगरपालिका–१२ चपरगौडीका विष्णु प्रसाद ढकाल । उनी अशक्त, अपाङ्ग तथा वृद्धवृद्धाहरुको खुसीमा रमाउँछन् र उनीहरुको सेवामा समेत उत्तिकै तल्लिन रहन्छन् ।
उनले विगत तीन वर्षदेखि निरन्तर सुर्खेत जिल्लाको साविकको लाटीकोइली गाविसमा रहेको देउती बज्यै मन्दिर परिसरमा रहेका अशक्त, अपाङ्ग र वृद्धवृद्धाहरुलाई दशैं तिहारको अवसरमा खाना खुवाउनुका साथै फलफुल वितरण गर्ने गरेका छन् ।

      यसैगरी यो वर्ष पनि उनले दशैंको अवसरमा दशैको आठौं दिन अर्थात अष्ठमीको दिन सोहि मन्दिर परिसरमा रहेका करिव पैंतीस जना अशक्त, अपाङ्ग तथा वृद्धवृद्धाहरुलाई पेटभरी खाना र फलफूल वितरण गरेका छन् । प्रति व्यक्ति पचास रुपैयाँ समेत वितरण गरेको उनले बताए । उनले भने–‘यो काम मैले ३ वर्षदेखि निरन्तर गर्दै आएको छु, यो एउटा मानवीय सेवा पनि हो, यो काम मैले कुनै स्वार्थ सिद्धको लागि होइन, दशैं सबैको लागि आउनुपर्छ, वर्ष दिनमा आएको दशैंमा सबैले पेटभरी खानुपर्छ, कोहि पनि भोको हुनुहुँदैन भन्ने उद्देश्यले मैले यस्तो काम गरेको हुँ ।’ उनले भने यस्तो काम गर्नलाई मान्छेको धन होइन मन हुनुपर्छ ।’

 यसरी नै अब यो कामलाई आफूले हरेक वर्ष निरन्तरता दिने बताए । अहिले देउती बज्यै परिसरका अशक्त, अपाङ्गहरुलाई मात्र वर्षमा एक पटक भएपनि खाना खुवाउन सकिएको र दाताहरु भेटिएमा यस्तै अवस्थामा रहेका अनेत्रका व्यक्तिहरुलाई पनि सहयोग गर्ने उनले बताए ।
उनी एउटा सामान्य फर्निचर व्यावसायी पनि हुन् । तर पनि उनले सहयोग गर्नुपर्छ भन्ने भावनाले विगत तीन वर्षदेखि यो पवित्र कार्य गर्दै आइरहेका छन् । हुनत उनी आर्थिक हिसाबले त्यति सम्पन्नशाली व्यक्ति त होइनन् तर पनि उनले गरेको यो कार्यले सबैलाई सेवा गर्नुपर्छ भन्ने पाठ सिकाएको छ ।

 

प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४     1:52:02 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *