25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोहलपुरबाट दैलेखतर्फ जादै गरेको बस दुर्घटना, ४ जना गम्भिर घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज १३, २०७४  

कोहलपुरबाट दैलेखतर्फ जादै गरेको बस दुर्घटना, ४ जना गम्भिर घाइते

कोहलपुरबाट दैलेखतर्फ आउँदै गरेको भे १ ख २२३३ नम्बरको बस गएराति  दुर्घटना हुँदा २२ जना यात्रु  घाइते भएका छन् ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको  उपचारका लागि सुर्खेत लगिएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

कोहलपुरबाट पूजापाठका लागि घरपरिवारका आफन्त चढेको बस गुराँस गाउँपालिकाको वडा नं ४ तालपोखरी ओरालोमा एक्कासी गाडीमाथिको नियन्त्रण गुमेपछि दुर्घटनामा परेको थियो ।

बसमा चढेका सबैजसो सामान्य घाइते भएका भए पनि उदय शाही, अंगत शाही, तारा शाही र बस चालक उपेन्द्र शाही गम्भीर घाइते भएको दैलेख प्रहरी प्रमुख सरोज पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मितिः शुक्रबार, अशोज १३, २०७४     9:27:37 AM  |