बर्दिया, २७ भदौ, विभिन्न पेशामा संलग्न युवाहरुद्धारा गठित सुर्कम समुहले बर्दिया जिल्लाको सुदुर गाँउ जनकनगरस्थित जानकी माध्यमिक विद्यालयमा एक दिने निशु्ल्क कान उपचार शिविर सम्पन्न गरेको छ । शिविरमा गेरुवा गाँउपालिकाका १ सय ८७ जना कानका विरामीहरुले उपचार सेवा लिएका छन् । गेरुवा गाँउपालिका अन्र्तगत गोला निवासी स्वर्गीय बिरबहादुर बुढाको स्मृतिमा आयोजित शिविर संचालनबाट विकट गाँउका जनताहरुले स्वास्थ्य सेवा लिएका हुन् ।
शिविरमा विरामीहरुको स्वास्थ्य परीक्षण औषधी वितरण, तथा परार्मश सेवा निशुल्क प्रदान गरिएको थियो । सुदुर गाँउमा आएर सेवा दिएकोमा गेरुवा गाँउपालिकाका उपाध्यक्ष हिमा चौधरी, वडा नम्बर १ का अध्यक्ष दयाराम बैद्य, जानकी मावि जनकनगरका प्रधानाध्यापक राधेश्याम यादव, गेरुवा गाँउपलिकाका स्वास्थ्य संयोजक दिलबहादुर जिसी, गैरसरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिना लगायतले आयोजकलाई धन्यवाद दिएको सुर्कम समुहका अध्यक्ष घनश्याम न्यौपानेले बताए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४