26 September 2021  |   आइतवार, अशोज १०, २०७८

निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासन कार्यालयको अनुरोध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४  

बाँसगढी, २७ भदौ, जिल्ला प्रशासन कार्यालय बर्दियाले २०७४ साल मंसीर १० गते सम्पन्न हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर राखी यही भदौ १४ गतेबाट जिल्लामा निर्वाचन आचारसंहिता लागु भईसकेको जनाउँदै आचारसंहिताको पुर्ण कार्यान्वयन गर्न गराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आइतबार संचार माध्यमलाई एक पत्र सम्पे्रषित गरी २०७४ साल मंसीर १० गते सम्पन्न हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्वाचन आचार संहिता २०७२ भदौ १४ गतेबाट लागू भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय÷तह, स्थानीय निकाय÷तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत्तत्निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भदौ १४ गतेबाट आचारसंहिता लागू भएको सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम सी ले बताए ।

प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४     10:21:11 AM  |