14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

श्रद्धाञ्जली सभा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४  

                          दुई वटा अक्षयकोष स्थापनाको घोषणा

कोहलपुर, २६ भदौ, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं बाँकेकी प्रभावशाली महिला नेतृ कृष्ण के.सी. (नमुना) की स्वर्गीय आमा विरमी खत्रीको १३ औं पुण्य तिथिका दिन आइतबार ढकेरीमा श्रद्धाञ्जली सभा गरिएको छ ।
परिवारको तर्फबाट श्रद्धाञ्जली सभामा बोल्दै स्वर्गीय विरमी खत्रीको सम्झनामा दुई वटा अक्षय कोषको स्थापना गर्ने नेतृ के.सी.ले घोषणा गरेकी छिन् । केसीले भनिन् ‘गणेश मावि ढकेरीमा अध्ययन गर्ने गरिव, विपन्न तर पढाईमा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गरी विद्यालयमा रु १ लाख राशीको अक्षयकोष स्थापना गरिनेछ ’।
त्यस्तै बाँके जिल्लाको ग्रामीण विकासमा वृद्ध–वृद्धाहरुले पु¥याएको योग्दानको बारेमा खोजी पत्रकारितामा सामाचार लेख्ने पत्रकारलाई वार्षिक रुपमा एक जनालाई पुरस्कृत गर्ने गरी प्रेस सेन्टर बाँके शाखालाई रु ५० हजार अक्षयकोष स्थापनाकोे लागि दिने घोषणा पनि गरेकी छिन् । नेतृ के.सी.बाट प्राप्त हुने सो रकम बरावरको रकम प्रेस सेन्टर बाँके शाखाले थपेर १ लाखको अक्षयकोष निर्माण गर्ने प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले
बताए । श्रद्धाञ्जली सभामा बाँकेका माओवादी केन्द्रका नेताहरु प्रकाश सुवेदी, महेश्वर गहतराज, अशोक रोकायले स्वर्गीय विरमी खत्रीले आन्दोलनमा लाग्न सधलाईै प्रेरणा दिने गरेको, घरमा आउने नेता कार्यकर्ताहरुको खानपिनको व्यवस्था गर्ने गरेको बताए । साथै नेतृ कृष्णा के.सी. ६ सन्तानमध्ये कान्छी छोरी भएर पनि उनलाई आमाले जनयुद्धमा लाग्दा पनि राम्रो काम र उद्धेश्यका लागि लागेकी छस् लाग् भनि सधै प्रेरणा दिने गरेको बताइन् ।

प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४     12:06:05 PM  |