कोहलपुर, २५ भदौ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले बैजनाथ गाउँपालिका स्तरिय कमिटी गठन गरेकोे छ । शनिबार बसेको भेलाले लालबहादुर सुनारको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको हो । जसको उपाध्यक्षमा गिता सुनार, सचिव विष्णु विक्रम केसी, सह–सचिवमा देवबहादुर बुढा, सविना चौधरी, रामेश्वर रैदास कोषाध्यक्षमा दिपक मल्ल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा गायत्री चौधरी, निर्मला रेग्मी, दिलिप विसुनकी, मञ्जु विक, जनक विक, मोहन वली रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका स्ववियू सभापति दिनेश केसीले जानकारी दिए ।
उक्त भेलामा अनेरास्ववियू बाँके अध्यक्ष मोहित शाह, सचिव टेकेन्द्र मल्ल, नेपाल उत्पीडितजातिय मुक्ति मोचाका केन्द्रीय सदस्य नन्द विश्वकर्मा, बाँके अध्यक्ष लिलबहादुर नेपाली, संघ सथा विभागका सचिव धर्म रोकाय, जिल्ला कमिटी सदस्य घननाथ खनाल, बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका स्ववियू सभापति दिनेश केसी लगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्