25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

सेवा र बसोबासद्वारा कोहलपुरमा वृक्षारोपन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४  

यान बि साहु
कोहलपुर, २५ भदौ ।

हरित कोहलपुर’ नगरपालिका बनाउने अभियानमा सहयोग पु¥याउने उद्धेश्यले बस्ती विकासमा काम गर्ने संस्था सेवा प्रा.लि.ले शनिबार कोहलपुरमा वृक्षारोपन गरेको छ । कोहलपुर (नेपालगञ्ज सडकखण्डको धिताल पेट्रोल पम्पदेखि एन.टी.भि.चोकसम्म फोरलेन सडकको विचको भागमा विभिन्न पुष्पजन्य बीस वटा विरुवाहरु रोपिएको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र प्रा.लि.की प्रबन्धक समा बज्राचार्यले संयूक्त रुपमा विरुवा रोपेर वृक्षारोपन कार्यक्रमको सुरुवात गरेका थिए । 1
प्रा.लि.की प्रबन्धक बज्राचार्यले हरित कोहलपुर नगरपालिका बनाउने यहाँका संघ संस्था र स्थानीय लगायत सबै नागरिकको दायित्व भएकाले आफ्नो संस्थाको तर्फबाट पनि वृक्षारोपन गरिएको बताइन् ।  साथैै वृक्षारोपन गरेर मात्र यो अभियान सफल नहुने भएकाले रोपिएका विरुवाहरुको संरक्षणमा सबैले जोड दिनु पर्नेमा उनको भनाइ थियो ।
यस्तै शनिबार नै बसोबास महिला वचत तथा ऋण सहकारी संस्थाले पनि वृक्षारोपन गरेको छ । संस्थाले एनटिभि चोक नजिकै फोरलेन सडकमा पाँच ओटा पुष्पजन्य विरुवाहरु रोपेको हो ।
जिल्ला सहकारी संघको निर्णय अनुसार आफूहरुले वृक्षारोपन गरिएको संस्थाकी अध्यक्ष गिता वलीले बताइन् । कोहलपुरलाई हरित नगरपालिका बनाउनमा
सहकारीहरुको पनि उत्तिकै भूमिका हुने भएकोले अफूहरुले थोरै भएपनि विरुवा रोपेर सहयोग गरेको संस्थाका व्यवस्थापक ओम जङ्ग शाहीले
बताए । त्यस्तै कोहलपुर न.पा.– ९ ले शनिबार आयोजना गरेको वृक्षारोपन कार्यक्रममा वडा नं.काअध्यक्ष ठाकुर प्रसाद थारुको उपस्थितिमा सहयात्रा मानव अधिकार रेडियो श्रोता क्लबका अध्यक्ष निर्मल विष्ट, क्लबका सदस्यहरु समाजसेवी चक्रपाणी न्यौपाने, ओमलाल भारती लगायतको उपस्थितिमा वृक्षारोवपन गरिएको थियो । कोहलपुर नेपालगंजको सडक खण्डको बीच भागको खालि ठाँउमा स्वामी, धुपी सल्ला र पुष्प जन्य सय बढी विरुवा लगाएको क्लबका अध्यक्ष निर्मल विष्टले जानकारी दिएका छन् ।

प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४     10:30:25 AM  |