18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

एमालेद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४  

कोहलपुर, २४ भदौ , नेकपा एमाले राप्तीसोनारी गाउँपालिका संगठन कमिटीले बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बाढी पीडितहरुको समस्याका बारेमा ध्यानाकर्षण गराउँन ज्ञापन पत्र बुझाएको छ । एमाले राप्तीसोनारी गाउँपालिका संगठन कमिटी ईन्चार्ज सुर्य ढकालद्वारा जारी भएको ज्ञापन पत्रमा राप्तीसोनारी गाउँपालिकाका स्थानीयहरुलाई गत साउनको अन्तिम साता आएको बाढी र डुबानका कारण पीडित परिवारको राहतमा सरकारले उचित ध्यान दिन नसकेको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा राप्तीसोनारीका बाढी पीडितहरुलाई उचित र सुरक्षित स्थानमा बस्ती स्थानान्तर गराउनु पर्ने, बाढी र डुबानबाट घर भत्केका पीडितहरुलाई घर निर्माण गर्न पर्याप्त सामाग्री उपलब्ध गराउनु पर्ने, बास्तविक बाढी पीडितको यथार्थ तथ्याङ्क संकलन गर्नु पर्ने, बाढी पीडितहरुको लागि नमुना बस्ती विकास गरी दिगो रुपमा जिवीको पार्जनको व्यवस्था गर्नुपर्ने, बाढीबाट प्रभावित भएका महिला, बालालिका, अशक्त, अपाङ्ग, वृद्ध आदिको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     12:12:16 PM  |