16 June 2021  |   बुधबार, असार २, २०७८

भरुवा बन्दुक सहित एक जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४  

कोहलपुर,२३भदौ, बाँके प्रहरीले २ सय ५० ग्राम चरेस र १ थान भरुवा बन्दुक सहित कोहलपुरबाट एक जनालाई नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका–८ बस्ने ४८ वर्षे तेजबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले शंका मानी बस्नेतको घरमा खानतलासी गर्दा घरबाट बन्दुक र चरेस फेला परेको हो । बस्नेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     12:10:47 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *