25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कोहलपुरका सबै वडाहरुमा युवा संघको कमिटी बिस्तार गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४  

 

कोहलपुर, २३ भदौ ।

युवा संघ नेपाल कोहलपुर नगरकमिटीले सबै वडाहरुमा कमिटी विस्तार गर्ने भएको छ ।

कमिटीलाई शसक्त बनाउनका लागि यो अभियान सुरु गर्न लागिएको जनाइएको छ । कमिटीको कोहलपुरमा बिहिवार सम्पन्न नगरस्तरिय विस्तारित बैठकले अभियानका बारेमा जानकारी दिएको हो ।

21442214_861609944012837_1203634395_n

बैठकले कोहलपुर नगरपालिकामा रहेका वडा कमिटीहरुलाई (आज) शुक्रबारदेखि विस्तार गर्ने र वडा नं १४ र १५ मा नयाँ कमिटी गठन गर्ने निर्णय गरेको युवा संघ नेपाल कोहलपुर नगरपमिटीका अध्यक्ष राजु तामाङले जानकारी दिए।

कमिटीको बैठकले आउँदै गरेको विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान गर्ने निर्णय समेत गरेको छ ।

कार्यक्रममा बाँके क्षेत्र नं।१ का सांसद देवराज भार, पूर्व अञ्चल कमिटी सचिवालय सदस्य पुजन विश्वकर्मा, जिल्ला कमिटी सचिवालय सदस्य तथा साप्तीसोनारी इन्चार्ज सुर्य ढकाल, जिल्ला कमिटी सचिवालय सदस्य अब्दुल हुसेन खाँ, युवा संघ नेपाल बाँकेका अध्यक्ष किशोर थापा, उपाध्यक्ष मिलन शाह, विभिन्न वडाका वडाध्यक्षहर लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     11:40:58 AM  |