25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

उच्च अदालतमा रिट दायर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २१, २०७४  

कोहलपुर, २० भदौ, बाँके बर्दियाका बाढी पीडित र प्रभावितहरुको विषयमा उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासमा भदौ २० गते सरोकारवाला निकायलाई विपक्षी बनाएर अन्तरिम आदेश सहितको परमादेश जारी गराईपाउ भन्दै रिट निवेदन दर्ता गराएका छन् ।
रिट निवेदकहरु अधिवक्ता विश्वजीत तिवारी, इन्सेकका तर्फबाट विनोद पाण्डे, सुचना र मानवअधिकार अनुसन्धान केन्द्रका सोम बहादुर गुरुडले जिल्ला प्रशासन कार्यालय बाँके,बर्दिया, जिल्ला दैवी प्रकोप उद्धार समिति, मुकाम जिल्ला प्रशासन कार्यालय बाँके, बर्दिया विरुद्ध रिट निवेदन दायर गरेका हुन् ।
०७४ साउन महिनामा आएको बाढी, कारण बाँके र बर्दिया जिल्लामा आएकोे बाढी , डुवान सो बाट भएको ठूलो धन जनको क्षतीका साथै नागरिकलाई परेको असर, पीडितको उद्धार, स्वास्थ उपचार, राहत र पूर्नस्थापनाको विषय र दैवी प्रकोपबाट नागरिकको स्वास्थ्य र वातावरण सम्वन्धी अधिकारमा पर्न सक्ने असरको विषय सार्वजनिक हित र सरोकार को विषय भएकोले विपक्षीहरुका उपर परमादेशको आदेश लगायत उपयुक्त आदेश जारी गरिदिन रिट दायर गरिएको अधिवक्ता सुनिल श्रेष्ठले बताए ।
रिट निवेदनमा अधिवक्ता सुनिल श्रेष्ठ, विश्वजीत तिवारी, बलबहादुर चन्द र पदम पाण्डेले वकालतनामा लगाएका छन् ।

प्रकाशित मितिः बुधबार, भदौ २१, २०७४     1:08:04 PM  |