मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २१, २०७४
कोहलपुर, २० भदौ, बाँकेका पूर्ण रुपमा बाढी प्रभावित क्षेत्रका स्थानीयलाई तत्काल गाँउपालिका तथा नगरपालिका माध्यमबाट राहात वितरण गर्ने निर्णय गरिएको छ । मंगलबार जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेको आयोजनामा बाँकेका बाढीपीडिहरुलाई सरकारबाट बजेट माग गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यलय बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए । यस्तै लक्ष्मणपुर बाध संघर्ष समितिले ज्ञापनपत्रमा माग गरेका विषयवस्ुतमा पनि बैठकले छलफल गरेको छ । बैठकमा जिल्ला दैवी प्रकोप उद्धार समितिमा आवद्ध विषयगत समितिहरु, उपमहानगरपालिका र जिल्ला समन्वय समितिका
प्रतिनिधि, राजनितिकि दलका प्रतिनिधि लगायतको सहभागिता रहको थियो ।