20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

जनउत्थान बैंकले ग¥योे राहत वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४  

बर्दिया, २० भदौ, जनउत्थान सामुदायिक लद्युवित्त विकास बैंकले बाँसगढी र बारबर्दिया नगरपालिकाका बाढी पीडितहरुलाई राहत वितरण गरेको छ । बाँसगढी ८ बनगौडी र बारबर्दिया नगरपालिकाको बनगाँईका जनउत्थान सामुदायिक लद्युवित्त विकास बैंकमा आवद्ध समुहका बाढी पीडितहरुलाई आईतबार राहत स्वरुप खाद्यन्न सामाग्री वितरण गरेको छ ।
लद्युवित्त बैंक शाखा कार्यालय ककौराले बाँसगढीको बनगौडीका चाहाना महिला बचत समुहका ९ जना र बारबर्दियाको बनगाँईका समुहमा रहेका ११ गरी २० जनालाई खाद्यान्न सामाग्री वितरण गरेको हो । वितरण गरिएको सामाग्रीमा प्रतिपरिवार १ बोरा चापल, २ पोका खाने तेल र दाल रहेको छ ।
बंैकले सामुदायिक सेवामा काम गर्ने भएकाले सामाजिक उत्तरदायित्व सम्झी बाढी पीडित कोष खडा गरी बंैकको समुहमा आवद्ध बाढीपीडित परिवारलाई थोरै भए पनि राहतको रुपमा खाद्य सामाग्री वितरण गरेको जनउत्थान सामुदायिक विकास बैंक ककौरा शाखा प्रबन्धक दिपा शाहुले बताइन् ।
राहत वितरण कार्यक्रममा बैंकका शर्मिला मल्ल, रमेश सुनार, मनिषा तिमेल्सेना, अमृता चौधरी, श्रीदेबी थारु लगायतको सहभागीता रहेको थियो । बैंकले १५ जिल्लामा २४ वटा शाखा विस्तार गरी शाखाहरु मार्फत गाँउमा वित्तिय पहुँच पु¥याउँदै आएको बर्दियाको ककौरा शाखा प्रबन्धक शाहुले जानकारी दिइन् ।

प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४     11:59:20 AM  |