27 September 2021  |   सोमवार, अशोज ११, २०७८

सार्वजनिक तथा नीजि समूह गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४  

कोहलपुर १० भदौ / सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र बाँकेको आयोजनामा नेपालगन्जमा सार्वजनिक तथा निजि समूह गठन गरिएको छ । स्थानीय तहमा गठित स्थानीय सभाका समुुदायबाट आएका शिक्षा, कृषि, स्वास्थ्यका समस्या समाधानको पहलका लागि जिल्ला स्तरमा यस्तो समूह गठन गरिएको हो ।
जिल्ला समन्वय समितिका संयोजक अजय कुुमार श्रीवास्तवको संयोजकत्वमा विभिन्न क्षेत्रबाट १५ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको पहलमा यस्तो समूह गठन गरिएको हो ।
सो समूहले समुुदायमा रहेका सरकारी कार्यालय, शिक्षा, कृषि, स्वास्थ्य क्षेत्रले प्रवाह गर्ने सेवा सुुविधाका बारेमा जानकारी प्रदान गर्ने कार्य गर्दछ ।
शिक्षा, कृषि, स्वास्थ्यका विषयमा उत्पन्न समस्याको समाधानका लागि जिल्ला स्तरमा पैरवी गर्न भुुमिका निर्वाह गर्ने कार्यक्रम निर्देशक रविन्द्र कुुमार ज्ञवालीले बताए । कार्यक्रममा बाँकेका प्रमुुख जिल्ला अधिकारी रमेश कुुमार केसीले सेवाप्रदायक संस्थाहरु सुुशासन, जवाफदेहिता र पारदर्शिता हुनु पर्नेमा जोड
दिएका थिए ।
त्यसैगरी संयोजक अजय कुुमार श्रीवास्तवले आफूले यस समुुहलाई नियमित बैठक गर्ने र शिक्षा, कृषि र स्वास्थ्यका विषयमा सवालमा पैरवी गरी समाधान गर्ने बारे प्रतिबद्धता समेत गरे । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका कार्यकारी निर्देशक राकेश कुुमार मिश्रले संस्थाको र कार्यक्रमको परिचय र उद्धेश्यबारे प्रष्ट पारेका थिए । कार्यक्रम सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     10:28:39 AM  |