23 June 2021  |   बुधबार, असार ९, २०७८

नव जीवनद्वारा बाढीपीडितलाई सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४  

रावन बिश्वकर्मा, बाँसगढी, ०६  भदौ / बर्दियामा बाढीपीडितको पिडामा सहकारी संस्थाले पनि आफ्नो हात अगाढी बढाएको छ । सहकारी ऐन २०४८ अन्तर्गत स्थापित नेपालकै पहिलो नेपाल राष्ट्र बैंकबाट बैकिङ्ग कारोबार गर्न स्वीकृती प्राप्त नवजीवन सहकारी संस्थाले विपतको बेला थोरै सहयोगले पनि राहतको महशुस होस् भन्ने उदेश्यका साथ बाढी पीडितको पीडामा सहयोगी हात बढाएको हो ।
जसअनुसार नवजीवन सहकारी संस्था बाँसगढी शाखाले बर्दियाका बाढी पीडितहरुलाई राहत पु¥याउन बाँसगढी नगरपालिकालाई २५ हजारको चेक हस्तान्तरण गरेको छ । सोमबार नवजीवन सहकारी संस्थाका सल्लाहाकार सदस्य ताराबहादुर खड्का र नवजीवन सहकारी संस्था बाँसगढी शाखाका शाखा प्रबन्धक सुरेश कुमार देवलले संयुक्त रुपमा बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारी र कार्यकारी प्रमुख कमल प्रसाद पौडेललाई राष्ट्रिय वाणिज्य बैंक गुलरिया शाखाको २५ हजारको चेक हस्तान्तरण गरेका थिए ।
चेक ग्रहण गर्दै बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारीले बैकिङ्ग कारोबार गर्ने संस्था भएता पनि सामाजिक काममा सरिक भएकोमा धन्यवाद सँगै प्रशंसा गरे । बाँसगढी शाखा प्रबन्धक सुरेश कुमार देवलले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न किसिमका सामाजिक काममा सहकारी निरन्तर रहेको र सोही अनुसार बाढी पिडितलाई राहत स्वरुप चेक हस्तान्तरण गरिएको बताए ।
चेक हस्तान्तरण कार्यक्रममा बाँसगढी नगरपालिका उपप्रमुख सुष्मा चौधरी, नेपाल रेडक्रस सोसाईटी बाँसगढी शाखाका सभापति गोबिन्द्र प्रसाद रेग्मी, बाँसगढी उद्योग वाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष रामसिंङ थारु, नगरपालिका सूचना अधिकारी शेरबहादुर केसी लगायतको सहभागीता रहेको थियो । नवजीवन सहकारी संस्था आफ्नो कारबारको नाफा नोक्सानलाई मात्र ध्यान नदिए विभिन्न समयमा सामाजिक कामहरुमा पनि सरिक हुदै आएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४     10:53:37 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *