27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

तीन दिनदेखि अवरुद्ध राजमार्ग सुचारु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४  

कोहलपुर, ३१  साउन / शुक्रबार साँझदेखि परेको भारी वर्षाका कारण राजमार्ग अबरुद्ध भएको थियो । बाढीसँगै बगेर आएका रुखहरु अड्किदा पूर्व–पश्चिम राजमार्ग अन्तरगतको गन्धैली खोला र गाभर खोलाको पुल भत्किएका थिए ।
पुल भत्किएर पूर्व–पश्चिम राजमार्गमा चल्ने सम्पूर्ण सवारी साधनहरु चल्न नसकी ३ दिनदेखि आवागमन ठप्प भएको थियो । शनिबार साँझबाट सडक खुलाउने प्रयास गरिए पनि राती आएको बाढीले दिनभर बनाएको संरचना बगाएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक बिभाग तथा अन्य निकायको संलग्नतामा अस्थायी रुपमा सडक सञ्चालन गर्ने प्रयास सोमबार दिउँसो मात्र सफल भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेका अनुसार लामो प्रयास पश्चात सोमबार दिउँसोदेखि एकतर्फी रुपमासाना तथा ठूला सबै सवारी साधनहरु सञ्चालनमा आएका छन् । सडक अवरुद्ध हुँदा हजारौं यात्रु तीन दिनदेखि अलपत्र परेका थिए ।

प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४     2:25:12 PM  |