4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

बाढीपीडितको स्वास्थ्य परीक्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४  

कोहलपुर, ३१  साउन / बाढी पीडितहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले पीडितहरुको स्वास्थ्य परिक्षण शुरु गरेको छ । सोमबार बाँकेको गंगापुर, फत्तेपुर र उढरापुरमा रहेका बाढी पीडितहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
गंगापुरमा डा.सन्तोष श्रीपाइली सहितको स्वास्थ्यकर्मीको टोली पुगेको हो भने फत्तेपुरमा डा.सुदिन कास्यथ र उढरापुरमा डत.माधव बन्जाडेको टोली पुगेर त्यहाँका नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । पीडितहरुलाई भेटघाट गरी उनीहरुको स्वास्थ्य परिक्षण कार्य निरन्तर केहि दिनसम्म चलाइने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले बताए । बाढीबाट प्रभावित क्षेत्रमा विभिन्न प्रकारका रोगहरु झाडापखाला, टाइफाइड, ज्वरो, आउँ, रुघाखोकी, श्वासप्रश्वास लगायतका समस्या देखिन सक्ने भएकाले स्वास्थ्य परिक्षण शुरु गरिएको उनले बताए ।
बाढी पीडितहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले पीडितहरुको स्वास्थ्य परिक्षण शुरु गरेको छ ।
सोमबार बाँकेको गंगापुर, फत्तेपुर र उढरापुरमा रहेका बाढी पीडितहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४     1:52:56 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *