9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

अभिमुखीकरण सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४  

कोहलपुर, ३१  साउन / कोहलपुर नगरपालिका –११ स्थित सार्वजनिक गुठीद्वारा सञ्चालित कोहलपुर माध्यामिक विद्यालयले शिक्षक पेशागत दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । तालिममा शिक्षकहरुलाई नयाँ पाठ्यक्रम, शिक्षण विधि, मन्टेश्वरी अङ्ग्रेजी भाषा सम्बन्धी प्रशिक्षण दिइएको थियो ।  आधुनिक प्रविधिसंगै बालबालिकाहरुलाई शिकाई सम्बन्धी ज्ञान प्राप्त गर्न शिक्षकहरुले आफू पनि सिर्जनशील हुनपर्ने प्रशिक्षक दिलिप ओली, बद्री ढकाल र लुना बुढाथोकीले प्रशिक्षर्थीहरुलाई सिकाएका थिए । विनि जीवन न्यौपने ‘नविनतम ज्ञान सम्बन्धी शिक्षक र विद्यालय पुनर्ताजकी भइरहनु पर्छ’ भने बताएका थिए । तालिमबाट नयाँ ज्ञान सिप सम्बन्धी ज्ञान अनुभुती भएको सहभागी शिक्षकहरुले प्रतिक्रिया दिएको विद्यालयका प्रध्यानाध्यापक रतन बहादुर शाहीले बताए ।

प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४     1:41:43 PM  |