बिराटनगर महानगरमा १३०० घर डुबानमा



jalmagna-biratnagar4मोरङ साउन २९ / मोरङको विराटनगर महानगरपालिकामा १ हजार ३ सय घर डुबानमा परेका छन् । मोरङ जिल्लाभर २ हजार ३ सय घर परिवार डुबानमा परेको अनुमान छ ।
महानगरपालिकाको ८० प्रतिशत भूभाग डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ । बाढी र डुबानका कारण खानेपानीको आपूर्ति बन्द छ । दुई दिनदेखि विद्युत आपूर्ति समेत अवरुद्ध छ ।डुबान क्षेत्रबाट ३०० परिवारका ८०० जनाको उद्धार गरिएको छ । पीडितले पानीसमेत पिउन पाएका छैनन् ।

–   अनलाइनखबर

  • No tags available
प्रकाशित मिति : २०७४ साउन २९ गते आइतबार