25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

बाल विवाह गर्दै दुःख पाउँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४  

बाल विवाहबाट महिला बढी पिडित 

कविन्द्र परियार

कोहलपुर, २७  साउन / बाँके राप्ती सोनारी ९ की यामुना डि.सी.(नाम थर परिवर्तन) ले १४ बर्षको उमेरमा विवाह गरिन् दार्चुलाका एक सशस्त्र प्रहरी जवानसंग विवाह भैसकेपछि उनका दिनहरु सुरु—सुरुमा राम्रै बिते ।
१५ बर्षको उमेर जब उनकै छोराको जन्म भो त्यसपछि भने श्रीमानले दिनहँु मदिरा सेवन गरेर शारीरिक तथा मानसिक यातना दिन थाले । दिनहुँको यातना खप्न नसकेपछि उनी माइती कहाँ शरण लिन पुगीन् । केहि समय माईतीमै बिताएपछि उनी फेरी घरमा फर्कीन् । श्रीमान केही सुध्रेकी भनेर घर फर्केकी उनी श्रीमानबाटै थप यातना पाउन थालेपछि पुनः माईत फर्किन तर श्रीमानले माईतीमै आएर समेत यातना दिन थालेपछि बाध्य भएर सम्बन्ध विच्छेदन गरिन् ।
हाल छोरा सहित माईतीमा दुःखका दिन व्यतित गरिरहेकी छिन् । उनी भन्छीन् बाल विवाह गरेर जीवन नै बर्बाद भयो । विवाह नगरेर पढेको भए अहिले राम्रो जागिर खान सक्थे ।
त्यस्तै राप्ती सोनारी कै दिया खड्का (नाम थर परिवर्तन)ले १५ बर्षकै उमेरमा बाँके खजुराका एक युवकसंग विवाह गरिन् । उनका पनि सुरुका दिनहरु खुसी साथ बिते तर जब उनका श्रीमानले दाइजोको कुरालाई लिएर बारम्बार यातना दिन थालेपछि उनको कलिलो मस्तिष्कले ती कुरा थेग्न सकेन । उनी मानसिक रुपमा बिछिप्त बनिन् । माईती मै बस्न थालीन् । उनी बिरामी हुँदा समेत घरपरिवारले बेवास्ता गर्न छाडेपछि उनी हाल माईतीमै बस्न बाध्य छिन् । उनी भन्छिन्– ‘कलिलो उमेरमा विवाह गरेर धोका पाइयो ।’ त्यस्तै अर्की पिडित मनकला के.सी. (नाम थर परिवर्तन) पिडा पनि उस्तै छ । बर्दियाका एक यूवकसंग १५ वर्षको उमेरमा विवाह भएपछि उनका श्रीमानले दिनहँु मानसिक यातना दिएका कारण उनी पनि हाल माईतीमा बसिरहेकी छन् ।
यि त प्रतिनिधि पात्र मात्रै हुन पछिल्लो समयमा बाल विवाह गर्ने र सम्बन्ध बिग्रीनेको संख्या बढ्दो छ । महिला तथा बालबालिका कार्यलय बाँकेकी प्रमुख सुनिता केसीले शारीरिक आकषर्णका कारणले बाल बालविवाह गर्ने र मानसिक रुपमा पूर्ण नभई विवाह गर्ने हुँदा बाल विवाह सम्बन्धहरु बिग्रेने गरेको बताइन् । बाल विवाह गर्ने विशेष गरी लैङ्गक हिंस्सामा
पर्छन यो बाल विवाहको उपज हो उनले भनिन् बालबालिका क्षेत्रमा काम गर्दै आएको संस्था सिविन नेपालका प्रमुख सिद्धराज पनेरुले पछिल्लो समयमा संञ्चारका साधन तथा सामाजिक संजालका कारण बाल विवाह बढ्दो क्रममा भएको बताए । बाल विवाहबाट पुरुष भन्दा बढी महिला पिडीत हुने गरेको उनको भनाई छ । विवाह भएको सूरुमा राम्रो गर्ने भएपनि विस्तारै घर परिवारले समेत वेवास्था गर्दै जाँदा बाल विवाहितहरुको दिनचार्य कष्टकर हुन गरेको छ । कतिपय मानसिक रुपमा विछिप्त बनेका छन् ।

प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४     12:39:34 PM  |