21 June 2021  |   सोमवार, असार ७, २०७८

बागेश्वरी क्याम्पस नगरपालिकाको सम्पत्तिः मेयर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४  

कोहलपुर, ३० असार / कोहलपुर नगरपालिकाका निर्वाचित मेयर लुटबहादुर रावतले बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसलाई नगरपालिकाको सम्पत्ति भएको बताएका छन् । क्याम्पसले बिहीबार गरेको स्वागत तथा सम्मान कार्यक्रममा रावतले क्याम्पसलाई नगरपालिकाको सम्पत्तिको रुपमा स्वीकारी स्तर वृद्धि गरिने बताएका हुन् ।
‘नगरपालिकाको स्रोत साधानले भ्याए सम्म क्याम्पसको शैक्षिक रुपमा विकास गर्छ,’ उनले भने । साथै उनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा समायोजन हुने प्रक्रियाको वास्तविकता बुझेर सो कार्य तत्काल पुरा गर्ने प्रतिवद्वता व्यक्त गरे । कार्यक्रममा बोल्दै उपमेयर सन्जुकुमारी थारु बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसलाई कोहलपुरको शैक्षिक क्षेत्रको हबका रुपमा विकास गर्नका लागि विशेष योजनाका साथ लाग्ने बताइन् । उनले यस क्षेत्रको शैक्षिक विकासका लागि कानुनी अधिकारको सीमा क्षेत्रमा रही पहल गर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा, वडा नं. १० अध्यक्ष निम बहादुर चलाउने, वडा नं. ४ का अध्यक्ष तिरथराम थारु, क्याम्पस प्रमुख शिविरकुमार शर्मा लगायतले आफ्नो धारणा व्यक्त गरेका
थिए । क्याम्पसका अध्यक्ष होमप्रकाश सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४     12:35:29 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *