21 June 2021  |   सोमवार, असार ७, २०७८

गितकार डिल्लीको ‘अंशु’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २४, २०७४  

कोहलपुर, २४ असार / कोहलपुर निवासी गितकार डिल्ली चन्दले पहिलो आधुनिक गिती एल्बम ‘अंशु’ सार्वजनिक गरेका छन् । कोहलपुर ५ बस्ने चन्दले २०५९ साल गित लेख्न शुरु गरेका थिए ।
विभिन्न म्यागजिनहरुमा, साहित्यक पत्रिकाहरुमा गित लेख्ने उनी पछिल्लो समय आफ्नै लगानीमा गिती एल्बम निकाल्न व्यस्त छन् ।
सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन अहिले उनी मेहनत गरिरहेका छन् ।
‘अंशु’ को ‘म त चोखो माया गर्छु’ भन्ने बोलको गितमा चर्चित गायक स्वरुपराज आचार्यको स्वर छ । त्यस्तै ‘फिमेल भर्सन’ मा गायिका लक्ष्मी तामाङ्गले स्वर दिएकी छन् ।
सुनखानी म्युजिकले बजारमा ल्याएको उक्त गितमा बिरही कार्कीले संगित भरेका छन् । सो गितको म्युजिक भिडियो अहिले दुबईमा छायाँकन भइरहेको चन्दले बताए ।
चन्दले अर्को एल्बम ‘कृष्ण कुसुम’ पनि छिट्टै बजारमा ल्याउने तयारी गरेका छन् । जसको ‘भुल भए माफ गर’ बोलको गितमा अञ्जु पन्तको स्वर र अर्जुन पोखरेलले संगित भरेका
छन् ।
साथै आफ्नै ठाउँ कोहलपुरको विषयमा पनि उनले गित लेखेका छन् । जसमा गायक हेमन्त रानाको स्वर रहने र संगित आफैले भरेको उनको भनाई छ ।
सानैदेखिको सौखले संगित क्षेत्रमा आएका उनी अफगानिस्तानको अमेरिकन राजदुतावासमा काम गर्छन् ।

प्रकाशित मितिः शनिबार, असार २४, २०७४     12:22:13 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *