18 May 2022  |   बुधबार, जेष्ठ ४, २०७९

बाँसगढीमा एमालेका अधिकारी बिजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २१, २०७४  

बाँसगढी, २१ असार / बर्दियाको बाँसगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका शालिकराम अधिकारी र उपप्रमुखमा एमालेकै सुष्मा थारुले बिजयी भएका हुन् । प्रमुखमा अधिकारीले ८ हजार ७ सय ७५ मत ल्याई विजय भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्वार विनाराम थारुले ७ हजार ८ सय २२ मत प्राप्त गरेका थिए ।
उपमेयरमा निर्वाचित सुष्मा थारुले ९ हजार २ सय ५२ मत ल्याई विजय भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भुमि विकले ६ हजार ३ सय ४६ मत प्राप्त गरिन् ।
बाँसगढीमा वडा नम्बर २, ३, ८ र ९ मा एमाले वडा नम्बर १, ४, ५ र ६ मा माओवादी र ७ मा नेपाली काँगे्रस विजयी भएको
छ । बाँसगढीको मेयर÷उपमेयरमा निर्वाचित भएपछि एमालेले मंगलबार बिजय ¥याली निकालेको छ । बाँसगढी बजारबाट शुरु भएको ¥याली माछागढ, लक्ष्मणा, डेउढाकला हुँदै दमौलीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभामा प्रमुख पदमा बिजयी शालिकराम अधिकारीले बाँसगढी नगरपालिकाको उन्तती र प्रगतिको लागी योजनाबद्ध रुपमा अगाडि बढ्ने बताएका छन् । उनले हरेक जनताका आवश्यकता पुरा गर्ने जिम्मेवारी आफ्नो काँधमा थपिएको बताए ।
अधिकारीले बाँसगढी नगरको विकास र उन्ततिको लागि सबैको साथको आवश्यकता रहेकाले सबै राजनैतिक दल र समाजसेवी बुद्धिजिबी सबैसँग छलफल र सहकार्य गरी अगाडि बढ्ने बताए ।
यस्तै एमालेले आज बुधबार बेलौली,अस्नेरी, बठुवा, मदाह हुदै उत्तरभखारी, गौरी लखना, शान्तिपुर, बनमुरुवा, बेलवा हुँदै बेतहनी राँझामा बिजय र्याली निकालीने नेकपा एमालेका तिलक हमालले जानकारी दिए । उनका अनुसार बबई चेपांगमा भने त्यहाँका कार्यकर्ताको निर्णय अनुसार बिजय जुलुस निकालिने जनाइएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले पनि बाँसगढीमा बिजय वडाका उम्मेद्वार सहित बिजय र्याली निकालेको थियो ।

प्रकाशित मितिः बुधबार, असार २१, २०७४     12:40:23 PM  |