19 August 2022  |   शुक्रबार, भदौ ३, २०७९

बैजनाथमा एमालेका रुचाल बिजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २०, २०७४  

कोहलपुर, २० असार / बैजनाथ गाउँपालिकामा एमाले बिजयी भएको छ । बाँकेमा एमालेले बैजनाथ गाउँपालिकामा जित निकाल्दै खाता खोलेको हो ।
एमालेका मानबहादुर रुचाल ठकुरीले ९७७२ मत प्राप्त गरी गाउँपालिका प्रमुखमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देव बहादुर खत्रीले ६५७६ मत प्राप्त
गरे भने माओवादी केन्द्रका राजमोहन चौधरी ५,३६३ मै सिमित रहे ।
यसैगरी सोही गाउँपालिकाको उपप्रमुखमा एमालेकै शारदा विक रेग्मीले ९,७३८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भावना चौधरीले ७,३६६ मत प्राप्त गरिन् भने माओवादी केन्द्रकी मिना केसी ओलीले ४,३६५ मत प्राप्त गरी गरिन् ।
८ वडा रहेको सो गाउँपालिकामा वडा नं. १,२,३,४,५ र ६ मा एमाललेको प्यानलै विजयी भएको छ । नेपाली काँग्रेसले ७ र ८ नं. वडामा प्यानलै जितेको निर्वाचन अधिकृत सुशील देवकोटाले जानकारी दिए ।
यससँगै नतिजा आउन बाँकी अन्य ४ स्थानीय तहमध्ये तीनमा एमाले अगाडि छ भने एकमा राप्रपा अगाडि रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, असार २०, २०७४     3:09:12 PM  |