27 February 2021  |   आइतवार, फाल्गुन १६, २०७७

बर्दियाः माओवादी र एमाले तीन÷तीन, कांग्रेस दुई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २०, २०७४  

बर्दिया, २० असार / बर्दियाका आठ स्थानीय तह मध्ये ८ वटै तहको मत गणना सोमबार सम्पन्न भएको छ । बर्दियामा परिणाम घोषणा भएका ८ स्थानीय तहमध्ये २ तह कांगे्रसले ,३ तह माओवादीले र ३ तह एमालेले जितेको छ ।
बर्दियाको गुलरिया नगरपालिका र गेरुवा गाउपालिका कांगे्रसले, मधुवन, बारबर्दिया र राजापुर नगरपालिका माओावदी केन्द्रले र ठाकुरबाबा तथा बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका एमालेले जितेको छ ।
बढैयाताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष बहुमत सहित नेकपा एमाले जितेको छ । शुरुदेखि नै अग्रता लिएको एमाले बर्दियाका जिल्ला उपाध्यक्ष लालबहादुर श्रेष्ठ ८१९८ मत ल्याई अध्यक्षमा र एमालेकै दिपा गौतम ८७८३ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका हुन ।माओवादी केन्द्रका दल्लुराम थारु ६८९६ मत ल्याई अध्यक्षमा र सोही दलका राधा आचार्यले ६४७१ मत पाई उपाध्यक्षमा प्रतिद्वन्द्वीको रुपमा रहेकी छन् ।
ठाकुरबाबा नगरपालिकाको मेयरमा कडा प्रतिस्पर्धा सहित नेकपा एमालेका घननारायण श्रेष्ठले ७०७४ मत ल्याएर र माओवादी केन्द्रकी कृष्णा कुष्मा थारुले ७०८६ मत ल्याएर उपमेयरमा विजयी भएकी छिन् । श्रेष्ठका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका नेत्रराज आचार्यले ६९५५ मत ल्याए भने थारुकी निकटतम प्रतिद्वन्दी एमालेकी बिना भट्टराईले ६९७५ मत पाइन् ।
बाँसगढी नगरपालिकाको मेयरमा एमालेका शालिकराम अधिकारी र उपमेयरमा सुष्मा चौधरीले जित हासिल गरेका छन् ।
राजापुर नगरपालिकामा माओवादी मेयरका उम्मेदवार शिवप्रसाद चौधरी ९४९७ र उपमेयरमा माओवादीकै मनकला चौधरी ९२१९मत प्राप्त गरि विजय भएका छन् । मेयरमा नेपाली कांग्रेसका दिपकजंग शाहल ८६०६ र उपमेयर तारा चौधरीले ८५७० मत प्राप्त गरि प्रतिद्धन्दी बनेका छन् ।
बार बर्दिया नगरपालिकाको माओवादी केन्द्रका दुर्गाबहादुर थारुले ११७४७ मत ल्याई मेयरमा र सोही पार्टीकै अन्जु दहितले १०५४२ मत ल्याई उपमेयरमा जित हासिल गरेका छन् । उनीहरुको प्रतिद्धन्द्धीमा एमालेका मेयर उम्मेदवार रामबहादुर थारुले ९४२७ र उपमेयरमा मओवादीकी पुष्पा वलीले ८५४१ मत ल्याएकी
छिन् ।
मधुवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका गणेश के सी ८४३१ मत र उपप्रमुखमा सोही दलकै शुभरानी थारुले ७५२३ मत प्राप्त गरी बिजयी भएका छन् । के सी का प्रतिद्धन्दी एमालेका मेयर उम्मेदवार दुर्गाबहादुर वलीले ५९२३ र थारुकी प्रतिद्वन्द्वी एमालेका उपमेयर उम्मेदवार हिराकुमारी चौधरीले ५९४२ मत प्राप्त गरेका छन् ।
गेरुवा गांउपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरु बिजयी भएका छन् । ६००३ मत प्राप्त गरि जवानसिंह के सी अध्यक्षमा र ५५५३ मत प्राप्त गरि हिमा थारु उपाध्यक्षमा बिजयी भएको निर्वाचन अधिकृत देवराज भारतीले बताए । केसीले माओवादी केन्द्रका अध्यक्षका पदका उम्मेदवार विश्व थारु र हेमाले माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार लिला थारुलाई पराजित गरेका हुन् । बर्दियाका जेठोे गुलरिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मुक्तीनाथ यादव र उपमेयरमा कांग्रेसकै सुशीला गिरी निर्वाचित भएका थिए ।

प्रकाशित मितिः मङ्लबार, असार २०, २०७४     3:04:38 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *