नेपालगञ्ज, ७ असार / टिकटको विषयलाई लिएर बाँकेको क्षेत्र नम्बर ४ को कांग्रेस पार्टी कार्यालयमा लागेको ताला मंगलबार खुलेको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षको टिकटको विषयलाई लिएर लगाइएको ताला खुलेको हो । जिल्ला तथा क्षेत्रका नेताहरुको सहभागितामा आयोजित छलफलपछि ताला खोलिएको हो । पूर्व जिल्ला सभापतिहरु युवराज शर्मा, सनतकुमार रेग्मी, गजेन्द्र हमाल, पूर्व सांसद् कृष्णसिंह परियार, जिल्ला सचिव कपिल शर्मा, नेपाली कांग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरी, क्षेत्रीय सभापति एवम् खजुरा गाउँपालिकाका अध्यक्ष उम्मेदवार नक्की खाँ, महासमिति सदस्य मेघराज ओली, पूर्व क्षेत्रीय सभापति उत्तमराज घिमिरे, क्षेत्रीय सचिव ज्ञानबहादुर ओली, क्षेत्रीय संगठन शाखा प्रमुख जीवनाथ सापकोटा, खजुरा गाउँपालिकाका नेपाली कांग्रेस सभापति शेर बहादुर गुरुङ लगायतको उपस्थिति र सहभागितामा ताला खोलिएको हो ।
क्षेत्रीय कार्यसमितिले ३ नम्बर वडामा अध्यक्ष उम्मेदवारका लागि सिफारिस गरेका नरबहादुर खड्का समेतको उपस्थितिमा ताला खोलिएको जिल्ला सचिव शर्माले बताए ।
प्रकाशित मिति : २०७४ असार ७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्