मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४
कोहलपुर, ६ असार / दोश्रो चरणको स्थानीय तहको निर्वाचनको कार्यतालिका अन्तरगत आज (मंगलबार) उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने भएको छ ।
सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम थियो ।
आज नै उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम रहेको छ । उम्मेदवारहरुले नाम फिर्ता लिने समय बिहान ८ देखि ११ बजेसम्मका लागि तोकिएको छ । यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । बिहान ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
लगत्तै साढे ११ बजेदेखि साँझ ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यालयको भनाई छ ।