कोहलपुर, ६ असार / सेवा विकास वैंक लिमिटेडले आफ्नो आठारौं शाखाका रुपमा कोहलपुर शाखा स्थापना गरेको छ । कोहलपुर ११ स्थित शाखा कार्यालयको सोमबार नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले विगत ७ वर्ष देखि नेपाल स्टक एक्सचेञ्जवाट ‘कु वर्गमा सूचीकृत हुन सफल बैंकले केन्द्रीय कार्यालय बुटवल सहित १७ वटा शाखा कार्यालय र ७ वटा एटिएम मार्फत ७९ हजार ५ सय भन्दा अधिक ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताए ।
१ अर्व १ करोड ७० लाख ७६ हजार ८ सय अठासी चुक्तापूँजी रहेको बैंकले हाल करिव ५ अर्ब ३५ करोड भन्दा वढि निक्षेप संकलन गरी करिव ५ अर्ब ३१ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।
कार्यक्रममा सेवा विकास बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंकसंगकोे मर्जर प्रस्ताव गत जेष्ठ २५ गते विशेष साधारणसभाबाट गरि एकीकृत कारोबार गर्न गरिने समेत जानकारी दिइएको थियो ।
कार्यक्रममा यसैगरि उक्त कार्यक्रममा सासंद देवराज भारले सेवा विकास बैंक, लायन्स क्लव इन्टरनेशनल ३२५ वि २ का सेक्रेटरी ज्ञानेन्द्र श्रेष्ठ, ने.क.पा. एमाले बाँके अध्यक्ष अशोक कोइराला, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
बैंकको उक्त शाखा कार्यालय उद्घाटनकै दिन ग्राहकहरुको ब्यापक उत्साह देखिएको थियो । बैंकका नायव महाप्रवन्धक हरि प्रसाद लम्सालका अनुसार उद्घाटनकै दिन करिव २७५ नयाँ खाता खोलि २ करोड ७० लाख ८० हजार निक्षेप संकलन भएको बताए ।
साथै सोही अवसरमा उक्त नयाँ शाखा कार्यालयका ग्राहकहरुलाई एक वर्ष एटिएम र मोवाइल बैकिङ्ग सुविधा निःशुल्क प्रदान गर्ने समेत बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष भिम प्रसाद तुलाचनको सभापतित्वमा भएको उक्त कार्यक्रममा बैंकका संचालक कमलराज उदयले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बैंकका कम्पनी सचिव खिमलाल भुसालले गरेको थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४