कोहलपुर, ६ असार / कोहलपुरस्थित ओम शिवशक्ति मौरीपालन उद्योगमा सञ्चालित आधुनिक मौरीपालनका लागि कृत्रिम आधार चाका उत्पादन तथा बजारीकरण उपआयोजनाको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको आर्थिक सहयोगमा उद्योगमा उपआयोजना सञ्चालित छ ।
शिवशक्ति मौरीपालन उद्योगका संचालक पुरमल वस्नेतको सभापतित्वमा भएको कार्यक्रममा सहकारी डिभिजन कार्यालयका धनप्रसाद धिताल, सामाजिक विकास मञ्चका प्रमुख पार्वती घिमिरे, रिजम एन एन जिओका दिपलाल चौधरी लगायतको उपस्थिति थियो ।
यसैबीच राष्ट्रिय भुपु सैनिक सहकारी संस्था लि.का अध्यक्ष सहविर खत्रीको अध्यक्षतामा कोहलपुरमा तेश्रो सार्वजनिक सुनुवाइ भएको छ । साना तथा मझौला कृषक आय स्तर बृद्धि आयोजनको आर्थिक सहयोगमा सहकारीले संचालन गरेको ब्यवसायिक तरकारी खेतीका लागि फर्म विकास पुर्वधार विस्तार उपआयोजना अन्तरगतको सार्वजनिक सुनुवाई गरिएको हो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४