20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

रेडक्रसको स्थापना दिवस मनाइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ४, २०७४  

कोहलपुर, ४ असार / नेपाल रेडक्रस सोसाईटी बाँकेले शनिबार ५० औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । बाँके रेडक्रसले स्वर्णजयन्तीको अवसरमा नेपालगंजमा प्रभातफेरी निकालिएको हो ।
धम्बोजीबाट व्याण्डबाजा सहित सुरु भएको प्रभातफेरीमा रेडक्रसकर्र्मी, सुरक्षाकर्मी, विद्यार्थी लगायत सयौंको सहभागिता थियो । प्रभातफेरि पछि भेरी प्राविधिक शिक्षालयमा आयोजित विशेष समारोहमा स्वर्णउत्सव लोगो र स्मारिका सार्वजनिक गरिएको छ ।
¥यालीमा नेपाल रेडक्रसका एकमात्र जिवित संस्थापक सदस्य तथा पूर्व केन्द्रीय अध्यक्ष रमेशकुमार शर्मालाई रथारोहण गरिएको थियो । बांके रेडक्रसले शाखा स्थापनादेखि हालसम्म सहयोग गर्ने झण्डै ५ सय विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान तथा अभिनन्दन पनि गरेको छ ।

प्रकाशित मितिः आइतवार, असार ४, २०७४     12:09:03 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *