17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

बस दुर्घटनामा एक मृत्यु, २० घाईते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ४, २०७४  

कोहलपुर, ४ असार / पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको ढकेरीमा शुक्रबार राती यात्रुवाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना यात्रु घाइते भएका छन् । बुटवलवाट सुर्खेत जाँदै गरेको लु १ ख ५९०५ नम्बरको बस दुर्घटनामा भारत कलकत्ताका निलुजी अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
बस अनियन्त्रित भइ सडक छेउको रुखमा ठोकिएर दुर्घटना भएको छ । घाईते २० जनामध्ये ५ जना गम्भीर रहेको प्रहरीको भनाई रहेको
छ । घाईतेको मेडिकल कलेज कोहलपुरमा उपचार भैईरहेको छ । सहचालकले गाडी चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाई
छ । बसमा भारतबाट कामका लागि सुर्खेत जाँदै गरेका कामदार रहेका थिए ।

प्रकाशित मितिः आइतवार, असार ४, २०७४     12:02:01 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *