23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

कोहलपुर मेयरका उम्मेदवारहरु कोठे कार्यक्रममै व्यस्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ४, २०७४  

कोहलपुर, ४ असार /  कोहलपुर नगरपालिकामा विभिन्न राजनैतिक दलहरुका मेयरका उम्मेदवारहरु कोठे कार्यक्रममै व्यस्त देखिएका छन् । घरदैलो र विभिन्न प्रचारप्रसारलाई अगाडि बढाइरहेका बेला उम्मेदवारहरु शनिबार भने कोठे कार्यक्रममै व्यस्त भए ।
उम्मेदवारहरुको आज (आइतबार) मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयन दर्ताको अघिल्लो दिन ३ वटा कोठे कार्यक्रममा उम्मेदवारहरुले सहभागिता जनाए । शनिबार बिहानै प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोहलपुर नगर इकाई समितिले उम्मेदवारहरुसँग अन्तरक्रिया राख्यो । त्यसलगत्तै रफत् सञ्चार बाँकेले कोहलपुर उद्योग व्यापार संघको हलमा अर्को अन्तरक्रिया राख्यो । त्यसपछि प्युठानी समाज बाँकेले पनि कोहलपुरमा मेयरका उम्मेदवारहरुसँग अन्तरक्रिया
ग¥यो ।
शनिबार दिनभरजसो उम्मेदवारहरु घरदैलोको कामलाई अगाडि बढाउन सकेनन् । यस्ता कोठे कार्यक्रमहरु पनि उम्मेदवारहरुका लागि आफ्नो धारणा राख्ने ठाउँ भएको छ । जसबाट सहभागीले उम्मेदवारहरुबीच को बलियो को कमजोर भन्ने पनि छुट्याउन सहज भएको छ । यस्ता कार्यक्रमहरुमा एकै पटक विभिन्न उम्मेदवारहरुका बीचमा जिज्ञासा राख्न पाउनु स्थानीयका लागि एक अवसरका रुपमा पनि हेरिएको छ । कार्यक्रमहरुमा मेयरका उम्मेदवारहरुले आफ्ना एजेण्डाहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः आइतवार, असार ४, २०७४     11:55:30 AM  |