23 June 2021  |   बुधबार, असार ९, २०७८

डा. महासेठ माओवादीमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १, २०७४  

कोहलपुर, १ असार / डा. जितेन्द्र महासेठ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार माओवादी केन्द्र कोहलपुर नगरकमिटीको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै उनलाई स्वागत तथा सम्मान गरिएको छ ।
डा. महासेठले आफू राष्ट्रिय एकता र परिवर्तनप्रतिको प्रतिवद्धताबाट प्रभावित भएर माओवादी केन्द्रमा आएको उनले बताए ।
स्वागत तथा सम्मान कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने, माओवादी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
डा. महासेठलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि पार्टी प्रवेश गराएका हुन् ।
यसैबिच बुधबार रत्न राजमार्ग अन्तर्गत कोहलपुर चौराहा नजिकै दुर्घटनाग्रस्त गाडीका घाईतेहरुको उद्धार गरिएको छ । सडकदेखि करिब १०० मिटर तल खसी गाडी दुर्घटनामा परेको खबर पाएलगत्तै माओवादी केन्द्रका उम्मेदवार न्यौपानेको टिम सहित घटनास्थल पुगी घाइतेहरुको उद्धार गरेको थियो ।
न्यौपानेले प्रचारप्रसारको लागि प्रयोग गर्र्दै आएको गाडीबाट घाइतहरुको उद्धार गरि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएको थियो ।

प्रकाशित मितिः बिहिबार, असार १, २०७४     3:52:57 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *