20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

एमालेको कोणसभा एकतानगरमा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १, २०७४  

कोहलपुर, १ असार / नेकपा एमालेले बुधबार घरदैलो तथा चुनावी अभियान अन्तरगत कोहलपुरको वडा नं. ६, १० र ११ को संयुक्त रुपमा एकतानगरमा कोणसभा सम्पन्न गरेको छ ।
कोणसभामा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार लुटबहादुर रावतले कोहलपुरमा समस्याको रुपमा देखिएको अव्यवस्थित बसोबास, लालपुर्जाको समस्यालाई पहिले सम्बोधन गर्ने बताए । कोहलपुर क्षेत्रमा जटिल समस्याको रुपमा देखिएको खानेपानीको समस्यालाई पुर्ण रुपमा निर्मुल पार्ने, कोहलपुर नगरपालिकाबाट प्रदान हुने सेवा सुबिधा समेत नागिरकमैत्री बनाउँदै स्थानिय सरकारको अनुभुति दिलाउने प्रतिबद्धता जनाएका छन् । यस्तै उपमेयर पदकी उम्मेदवार कृष्णकुमारी थारुले कोहलपुर नगरको समग्र महिला दिदिबहिनीहरुको क्षमता विकासमा विशेष जोड दिने बताए ।
कोणसभामा वडा अध्यक्षका उम्मेदवारहरु, नेकपा एमाले सचिवालय सदस्य तथा यस चुनावी अभियानको नगर संयोजक बसन्ती अधिकारी, नेकपा एमाले प्रदेश नं.५ का निर्वाचन परिचालन कमिटी सदस्य पुजन बिश्वकर्मा लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः बिहिबार, असार १, २०७४     3:42:25 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *