16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

दैलेखमा बस दुर्घटना, १० जनाको मृत्यु, १८ जना घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४  

घाइतेको उद्दारको लागि हेलिकोप्टर मगाइयो

३१ जेठ, दैलेख /  कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको अाठवीस नगरपालिका-४ मा नैनाल भन्ने ठाउँमा दुर्घटना भएको छ ।
बस करिब २/३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दु्र्घटनामा मृत्यु हुनेहरूमा ७ जना पुरूष, २ जना महिला र एक जना बालिका रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारी र डिएसपी सहितकाे टाेली घटना स्थल पुगेको छ ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए ।

दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४     7:51:25 PM  |