16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सामुहिक प्रतिबद्धता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४  

बाँसगढी, ३१ जेष्ठ / बर्दियाको बाँसगढीमा निर्वाचन आचार संहिता र स्थानिय तह निर्वाचन आचार सहिंता अक्षरस पालना गर्ने र गराउने सामुहिक प्रतिबद्धता गरिएको छ ।
बाँसगढीमा निर्वाचनलाई शान्तिपुर्ण, निष्पक्ष धाधली रहित वातावरणमा सम्पन्न गर्न मंगलबार निर्वाचन अधिकृतको कार्यालय बाँसगढीले बोलाएको बैठकमा सबै क्रियाशिल राजनितिक दल, उमेद्धारहरु, निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकायका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको हो ।
बैठकमा राष्ट्रिय जनमोर्चाका बासुदेब पोख्रेल, राप्रपाका नगर प्रमुख दिपक थापा, नयाँ शक्ति नेपालका तर्फबाट बाँसगढी नगरपालीकाका मेयर पदका उमेद्धार बिपिन पौडेलले प्रमुख दलहरुले आचार सहिंता बिपरित निर्वाचन चिन्ह अंकित टिसर्ट, टोपी, गल्बन्दी बितरण गरिरहेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा निर्वाचन अधिकृत कमल प्रसाद पौडेलले निर्वाचन आचार सहिंता बिपरितका कुनै पनि कार्य नगर्न र नगराउन अनुरोध गरेका छन् । उनले मतदाता नामावलीमा नाम नभएका बालबालिकाहरुलाई कुनै पनि दलहरुलाई चुनाबी प्रचार प्रसारका कार्यक्रममा सहभागी नगराउन समेत अनुरोध गरे । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रमुख प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पालले निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त पारेको बताए । उनले राजनितिक दलहरुलाई चुनाबी सभा गर्नु ४८ घण्टा पुर्ब प्रहरीलाई सुचना दिन समेत आग्रह गरे ।
कार्यक्रममा असार २ गते राजनितिक दलका उमेद्धारहरुको मनोनयन दर्ताको लागी बाँसगढीमा उमेद्धारी दर्ता प्रक्रियामा सबैको सहजताको लागि समय बिभाजन गरिएको
छ । जसअनुसार नेपाली काँग्रेसले असार २ गते बिहान १० बजे देखि ११ बजे सम्म, नेकपा एमालेले बिहान १२ बजे देखि १ बजे सम्म, माओबादी केन्द्र २ देखि ३ बजे सम्म र अन्य पाटीहरुले ३ बजे देखि पछाडी उमेद्धारी दर्ता गर्न सक्ने छन् । कार्यक्रममा मतदाताहरुलाई मतदाता शिक्षा दिलाई सके सम्म बदर मतको संख्या घटाउन क्रियाशिल हुने समेत निर्यण गरिएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४     12:56:24 PM  |