28 February 2021  |   आइतवार, फाल्गुन १६, २०७७

सहमतिपछि क्याम्पसको तालाबन्दी खुल्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४  

कोहलपुर, ३१ जेष्ठ / कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा मंगलबार बिहान साढे ९ बजे लगाइएको ताला अपरान्ह ४ बजे खुलेको छ । अखिल (क्रान्तिकारी), नेविसंघ लगायतका विभिन्न ७ विद्यार्थी संगठनले लगाएको ताला क्याम्पस प्रशासन, स्ववियुका पदाधिकारी र विद्यार्थी संगठनबीच सहमति भएपछि तालाबन्दी खोलिएको हो ।
छात्रावृत्ति वितरण गर्ने क्रममा गरिब, जेहेन्दार, आर्थिक विपन्न, लगायत दुर्गम जिल्लाका केही विद्यार्थीहरुलाई समावेश नगरिएको भन्दै तालाबन्दी गरिएको
थियो ।  स्नातक दोस्रो बर्षका थप चार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने सहमति भएपछि ताला खोलिएको हो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४     12:48:36 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *