4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

बागेश्वरीलाई आंगिक क्याम्पस बनाउने उम्मेदवारहरुको प्रतिवद्धता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४  

कोहलपुर, ३१ जेष्ठ / कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवारहरुले बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने प्रतिवद्धता जनाएका छन् । क्याम्पसले मंगलबार आयोजना गरेको कोहलपुरको शैक्षिक विकासमा मेरो भूमिका विषयक मेयर पदका उम्मेदवारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरुले प्रतिवद्धता जनाएका हुन । साथै प्राविधिक, इन्जिनियरिङ्ग विषयहरुका लागि पहल गरिने र भौतिक पूर्वाधारका लागि नगरपालिकाले बजेट छुट्याइने उम्मेदवारहले बताए ।
मेयरका उम्मेदवारहरु नेकपा एमालेका लुटबहादुर रावत, नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपाने, नेपाल लोकतान्त्रिक फोरमका फुलाराम थारु र राष्ट्रिय जनमोर्चाका बालकुमारी आचार्यले सम्बोधनका क्रममा बागेश्वरीलाई आंगिक क्याम्पस बनाउने प्रतिवद्धता जनाएका हुन् । नेपाली कांग्रेसका उम्मेदवारको भने उपस्थिति थिएन ।
नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार लुटबहादुर रावतले बागेश्वरीको क्याम्पस आफ्नो पहलमा कोहलपुरमा सुरुवात भएको बताए । उनले आफू मेयरमा निर्वाचित भए नियमित रुपमा अनुदान दिने, छात्रवृत्ति रकममा वृद्धि गर्ने, महायज्ञको रकम उठाउन पहल गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका तर्फबाट कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार नरेन्द्र न्यौपानेले बागेश्वरी क्याम्पसको घाटाको स्थिति अन्त्य गर्ने बताएका छन् । साथै कोहलपुर भित्रका विद्यालय, कलेजहरु बन्द रहित र भ्रष्टाचारमुक्त बनाई भयरहित शिक्षा लिने वातावरण बनाइने उनको भनाई छ ।
नेपाल लोकतान्त्रिक फोरमका फुलाराम थारु र राष्ट्रिय जनमोर्चाका बालकुमारी आचार्यले गुणस्तरीय शिक्षाका लागि आफ्नो सदैव पहल रहने बताएका छन् ।
कार्यक्रम क्याम्पस संचालक समिति अध्यक्ष होमप्रकाश सुवेदीको सभापतित्वमा भएको थियो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४     12:43:08 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *