28 January 2023  |   शनिबार, माघ १४, २०७९

मसाल जुलुस प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४  

बर्दिया, ३० जेष्ठ / संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिदै मंगलबारदेखि असार २गतेसम्मका लागि आमहडताल आह्वान गरेको राष्टिय जनता पार्टी नेपाल (राजपा) बन्दको पूर्व सन्ध्यामा तराई मधेशका बिभिन्न जिल्लामा मशाल जुलुस प्रदर्शन गरेको छ ।
यसैक्रममा पार्टीले घोषणा गरेको आमहड्ताल सफल पार्न भन्दै बर्दियाको सदरमुकाम गुलरियामा सोमबार साँझ प्रहरीले मसाल खोसेपछि मसाल जुलुश विना नाराबाजी गर्दै गुलरिया बजारको परिक्रमा गरिएको छ । प्रहरीले मसाल जुलुस प्रर्दशन गर्न रोक लगाएपछि उनीहरुले पार्टीले नाराबाजी गर्दे बजार परिक्रमा गरेका हुन् ।राजपा नेपालले निर्वाचन विथोल्ने चेतावनी दिँदै बन्द सहितको आन्दोलन थालेपछि गुलरियाबासी अन्यौलमा परेका छन् । बजार परिक्रमा पछि राधकृष्ण चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दे राजपाका केन्द्रिय सदस्य केशव यादव,जिल्ला संयोजक धनेश यादव र सदस्य सुरेश शुक्लाले २२ वटा स्थानीय तह नथप्दासम्म, संविधान संशोधन नहुदासम्म,बिभिन्न आन्दोलनका क्रममा गिरफतार गरि बन्दिी बनाईका कार्यकर्ता रिहा र घाइतेहरुको उपचार नहुँदासम्म आन्दोलन जारि रहने बताए ।
उनीहरुले असार १४ गते सरकारले गर्न लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिदै जर्वजस्ती चुनाव गर्न खोजे कडा प्रतिकार गर्ने बताउँदै आफुहरुको आन्दोलनलाई सहयोग र सर्मथन गर्न जिल्लावासीहरुलाई आग्रह समेत गरे ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४     1:05:15 PM  |