20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

डा. कनोडियाले गरे तलब भत्ता नलिने उद्घोष

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४  

नेपालगञ्ज / नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकाका मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कनोडियाले तलब भत्ता नलिने बताएका छन् । २९ जेष्ठ नेपालगञ्जमा भएको एक कार्यक्रममा उनले आफूले मेयरमा जितेमा मासिक तलबभत्ता नलिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सो वापतको रकम विपन्न विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने उनले बताएका छन् । उनले नेपालगंजको समग्र विकासका लागि नै आफ्नो उम्मेदवारी परेको भन्दै आफुलाइ सेवा गर्ने अवसर दिन नगरबासीसँग आग्रह समेत गरेका छन् । डा. कनोडिया नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । साथै नेपालगञ्जस्थित एक होटलका लगानीकर्ता समेत हुन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४     12:42:10 PM  |