23 September 2023  |   शनिबार, अशोज ६, २०८०

कृषि तथा पशुपालन तालिम शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४  

कोहलपुर, २९ जेष्ठ / बाँकेको गाभर होमस्टेमा तीनदिने कृषि तथा पशुपालन तालिम शुरु भएको छ । बाँके राष्ट्रिय निकुञ्जको आयोजना तथा जेडएसएलको सहयोगमा तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले लिइएको तालिमलाई व्यवहारमा उतार्नुपर्ने बताए । मध्यवर्ती क्षेत्रमा रहेका उपभोक्ताहरुको आयआर्जन र आर्थिक स्तरमा सुधार ल्याउन तालिम आयोजना गरिएको जियोलोजिकल सोसाईटी अफ लण्डन (जेड एस एल नेपाल) बाँके बर्दिया कम्प्लेक्सका फिल्ड अधिकृत पवन गौतमले जानकारी दिए । उनका अनुसार तालिम दिएर ५ लाखको घुम्ती कोष संचालन गरिनेछ । जसबाट न्युनतम ब्याजदरमा ऋण लिन पाइनेछ । जेष्ठ ३० गते सम्पन्न हुने तालिममा २५ बढीको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बाँके निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका बिनोद श्रेष्ठ, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति सञ्जाल बाँके अध्यक्ष कृष्ण चौधरी, नेपाल पत्रकार महासंघ बाँके शाखाका कोषाध्यक्ष केशव राना लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४     12:44:57 PM  |