17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

एमाले बढारिन्न, बढार्छ ः केपी ओली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४  

कोहलपुर, २९ जेष्ठ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशबाट एमाले बढारिने हल्ला चलाइए पनि त्यसको जवाफ निर्वाचन पछि थाहा हुने बताएका छन् ।
२८ जेठमा नेपालगञ्ज उपमहानगरपालिकामा एमालेको उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै ओलीले मधेशलाई सबैभन्दा बढी माया गर्ने पार्टी एमाले भएको दाबी गर्दै भने, ‘मतगणना गर्न थालेपछि थाहा हुन्छ, मधेशबाट एमाले बढारिन्छ कि एमालेले बढार्छ ।’
भरतपुरको घटनालाई इंगित गर्दै उनले एमालेले जित्ने अवस्था आएपछि बिरोधीहरु आत्तिएर मतपत्र च्यातेको भन्दै अब मतपत्र च्यात्नेहरुलाई भोट माग्न आउँदा उनीहरुलाई भोट किन दिने भनेर सोध्नुपर्ने बताए ।
उनले पार्टीसँग वा स्थानीय स्तरमा कसैका केही गुनासा भए पनि ती सबै थाती राखेर निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई निर्देशन
दिए ।
एमालेले नेपालगन्ज उपमहानगरपालीकाबाट मेयर पदमा शमसुद्धिन सिद्धिकी र उपमेयरमा शान्ति ढकालको उम्मेदवारी घोषणा गरेको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४     12:42:48 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *