20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

शिक्षकहरुलाई सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४  

कोहलपुर, २८ जेष्ठ / बाँके जिल्ला शिक्षकहरुलाई शनिबार सम्मान गरिएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन कोहलपुर नगर कमिटी तथा बैजनाथ गाँउपालिका कमिटीको संयूक्त आयोजनामा सम्मान गरिएको हो ।
शिक्षक सेवा आयोग नि.मा.वि.तहमा उर्तिण गरेका बाँके जिल्लाभरिका ११ जना शिक्षकहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन बैनजाथ गाउँपालिका कमिटीका अध्यक्ष दिलीप ओली, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष गणेशा कार्की, केन्द्रिय सदस्य विरेन्द्र मल्ल लगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन कोहलपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्न बहादुर शाहीले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४     12:52:21 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *